बागलुङ – बागलुङको गलकोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबल प्रतियोगिताको उपाधी निसीखोला गाउँपालिका बागलुङले जितेको छ ।
गलकोट नगरपालिकाको स्थापना दिवसमा गलकोट नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम गलकोट मेयर कपको भलिबलको उपाधी निसीखोलाले जितेको हो ।
शुक्लागण्डकी नगरपालिका तनहुलाई ३–२ को सेटमा पराजित गदैं निसीखोला गाउपालिका बागलुङले उपाधी हात पारेको नगर खेलकुद विकास समितिका अध्यक्ष योगेश भण्डारीले जानकारी दिए ।
उपाधीको लागि शुक्लागण्डकी नगरपालिका तनहुँ र निसिखोला गाउँपालिका बागलुङ विच भएको खेलमा निसिखोला गाउँपालिकाले दोस्रो, तेस्रो र पाँचौं सेटमा क्रमश २५–२०, २५–१५ र १५–०९ को सेटमा जित निकाल्दै विजयी भएको हो ।
शुक्लागण्डकी नगरपालिका तनहुँले पहिलो र चौथो सेटमा क्रमश २५–२२, २६–२४ को सेटमा जित निकाले पनि अन्य सेटमा जित निकाल्न नसक्दा उपबिजेता बनेको हो ।
भलिबल प्रतियोगिताको उपाधिसँगै निसीखोला गााउपालिकाले नगद रु १ लाख रुपैयाँ कप मेडल र प्रमाणपत्र, उपविजेता शुक्ला गण्डकी
नगरपालिका तनुहँले नगद रु ७५ हजार मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने गलकोट नगरपालिकाका र ढोरपाटन नगरपाकिाले नगद रु २५–२५ हजार प्रमाणपत्र प्राप्त गरेको नगर खेलुकद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । नगरपालिकाले राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता विद्यालय स्तरीय भलिबल प्रतियोगिता र खुल्ला ब्याडमिन्टन प्रतियोगिता पनि संचालन गरेको थियो ।













































































































































































































