२१ बैशाख २०८१, शुक्रबार

 

इन्जिनियर एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्षमा श्रेष्ठ

नेपाल इन्जिनियर्स एसोसियसन लुम्बिनी प्रदेशको अध्यक्षमा इन्जिनियर शैलेन्द्र कुमार श्रेष्ठ विजयी भएका छन् । निर्वाचनबाट इन्जिनियर श्रेष्ठ ४९९ मत पाएर विजयी भएका हुन् । श्रेष्ठका प्रतिस्पर्धि इन्जिनियर जीवन अर्यालले ४१६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा लेखबहादुर बस्नेतले ४९२ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा गोबिन्द पंगेनी, सहसचिवमा अर्जुन गिरी, कोषाध्यक्षमा सन्दिप रेग्मी विजयी भएका छन् । सदस्यमा विद्या भूसाल, दर्शन तिवारी, अर्जुन पाण्डे, तुल्सिराम वस्ती, प्रविन मिश्र, दिपेश घिमिरे, आरती देवकोटा, इश्वर जिसी, सोवित अहमद, विनय कुमार गुप्ता, शंकर बुढाथोकी, प्रविन जमरकट्टेल रहेका छन् । केन्द्रिय सदस्यमा जयलाल मरासिनी र विश्व रन्जन मिश्र विजयी भएका छन् ।

अध्यक्षमा विजयी श्रेष्ठ सिद्धार्थनगर नगरपालिकाका रिटायर वरिष्ठ इन्जिनिर हुन् भने प्रतिष्पर्धी जीवन अर्याल श्रेष्ठ रिटायर भएपछि सिद्धार्थनगर नगरपालिकामा वरिष्ठ इन्जिनियरको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्