६ जेष्ठ २०८१, आईतवार

 

सेञ्चुरी बैंक काठेखोला शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता र डस्विन सहयोग

बागलुङ – सेञ्चुरी कमर्सियल बैंक काठेखोला शाखाले ग्लोबल मनी सप्ताह अन्तर्गत विद्यार्थीलाई विीत्तय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।बैंकले काठेखोला गाउँपालिकास्थित भिमसेन माध्यामिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी दिएको थियो ।

यस्तै बैंकले सामाजिक उत्रदायित्व अन्तर्गत सोही विद्यालयलाई फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको बैंकका काठेखोला शाखा प्रबन्धक सुलभ प्रसाद श्रेष्ठले नयाँ विश्वलाई बताए ।

कार्यक्रममा बैंकको महत्व, वचत,लगानी, खाता सञ्चालन, वित्तिय व्यवस्थापन, ऋण र डिजिटल बैंकिङको विषयमा सेन्चुरी बैंक काठेखोला शाखाका प्रबन्धक सुलभ प्रसाद श्रेष्ठ र कर्मचारी बैंकुण्ठ ढुङ्गानाले जानकारी दिएका थिए ।

ग्लोबल सप्ताह अन्तर्गत हरेक मुलुकका युवा युवतीहरुलाई वित्तिय शिक्षाको महत्व बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक कार्यक्रम हो ।यो सप्ताह सन् २०१२ देखि प्रत्येक वर्ष मार्च २१ देखि २७ गतेसम्म मनाइन्छ । सेन्चुरी कमर्शीयल बैंकले देशका १ सय २९ शाखाबाट सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्