इजाजत प्राप्त हात हतियार १५ दिनभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हात हतियार बुझाउन प्रशासनले आग्रह गरेको हो ।
गृहमन्त्रालयको परिपत्र भन्दै प्रशासनले निर्वाचन पश्चात फिर्ता लाने गरि नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालद्वारा जारी गरिएको सूचनामा ‘स्थानीय तहको निर्वाचन भरपर्दो, विश्वसनीय तथा शान्तीपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला भित्र रहेका ईजाजतपत्र प्राप्त हतियारहरु निर्वाचन पश्चात फिर्ता लाने गरि मिति २०७८ चैत्र मसान्तसम्म नजिकको प्रहरी ईकाईमा बुझाउनु हुन अनुरोध छ ।













































































































































































































