८ जेष्ठ २०८१, मंगलवार

 

धौलागिरी समाजद्वारा विभिन्न व्यक्तित्वहरु सम्मानित

बागलुङ – धौलागिरी समाज नेपालले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।काठमाडौं ढुंगेधारा वनस्थलीस्थित माउन्ट धौलागिरि सहकारीको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा स्वास्थ्य,कानुन,समाज,संचार,प्रशासनलगाएतको क्षेत्रमा योगदान गरेका ९ जना व्यक्तित्वहरुलाई सम्मान गरेको धौलागिरी समाज नेपालका अध्यक्ष केदारनाथ गौतमले नयाँ विश्वलाई बताए ।

कार्यक्रममा समाजशेवी तथा नयाँ विश्व डटकमका संचालक समितिका सदस्य आनन्द प्रकाश राजभण्डारी, संरक्षक लेखनाथ पौडेल,डाक्टर मनबहादुर केसी, डाक्टर ज्ञानेन्द्र पौडेल, नेपाल वारका महासचिव लिलामणि पौडेल, रामचन्द्र पौडेल, पूर्वन्यायाधिश कोमल घिमिरे, पूर्वसहसचिव प्रेम प्रसाद सुवेदी र मारणों परान्त राजधानी दैनिकका पूर्वअध्यक्ष महेन्द्र शेरचन शेरचनकी धर्मपत्नि नन्दा शेरचन, छोरा सचिन शेरचन ,छोरी नम्रता शेरचनलाईलाई सम्मान पत्र र खाडा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रम धौलागिरि समाज काठमाण्डौ नेपालका अध्यक्ष केदारनाथ गौतमको अध्यक्षता,समाजका उपाध्यक्ष भक्त राज भुसालको स्वागत र कोषाध्यक्ष एक नारायण उपाध्याको संचालनमा संम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्