बागलुङ – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ शाखाले अभिकर्ता एजेन्सी प्रशिक्षण एवं पुर्नताजगी तालिम सम्पन्न गरेको छ ।
कम्पनीको बागलुङ स्थित शाखा कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा बाग्लुङ शाखाका चिफ एजेन्सी, सिनियर एजेन्सी ,टिम म्यानेजर र अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बागलुङका चिफ एजेन्सी म्यानेजर जीवन काउचा र ममता देवी शर्माले बिमा बजारका बारेमा मन्तव्य व्यक्त गरेका थिए । प्रशिक्षण एवं पुर्नताजगी तालिमको संचालक शाखा प्रमुख इन्द्रा शर्माले गर्नु भएको थियो।













































































































































































































