१७ बैशाख २०८१, सोमबार

 

१० लाख पर्यटक भित्र्याउने लक्ष्य, ९ अर्ब ३८ करोड पर्यटन क्षेत्रका लागि बजेट

अर्थमन्त्री जनार्दन शर्माले १० लाख पर्यटक भित्राउने लक्ष्यका साथ पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले सार्वजनिक गरेको छ । पर्यटनको दिगो विकास र प्रचारको लागि विशेष कार्यक्रम ल्याएर उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ ।

इतिहासको संरक्षण र पर्यटकिय गन्तव्यको थप विकास गर्न ऐतिहासिक तथा पुरातात्विक सम्पदाको उत्खननमा समेत बजेट विनियोजन गरिएको छ ।

हिल स्टेशन विकास र पदमार्गमा सञ्चार सुविधाकोमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने उल्लेख छ भने ग्रेट हिमालयन ट्रेलको स्तरोन्नती, सगरमाथामा पर्वतारोहण अनुसन्धान केन्द्र बनाइने पनि बजेटमा समावेश छ ।

प्रतिक्रिया दिनुहोस्