२६ बैशाख २०८१, बुधबार

 

जिपि कोइराला फाउण्डेसन गण्डकी प्रदेशको महासचिवमा युवा नेता कँडेल

बागलुङ -गिरिजा प्रसाद कोइराला फाउण्डेसनको गण्डकी प्रदेशको महासचिवमा नेपाली कांग्रेस बागलुङको युवा नेता महेन्द्र प्रसाद कँडेललाई मनोनयन गरिएको छ ।  यसै गरी गिरिजा प्रसाद कोइराला फाउण्डेसन बागलुङ संयोजक चुडामणि शर्मा पौडेललाई मनोनयन गरिएको छ ।

शनिबार पोखरामा भएको कार्यक्रममा कँडेललाई र पौडेललाई गिरिजा प्रसाद कोइराला फाउण्डेसनका गण्डकी प्रदेशको संयोजक शारदा पौडेल र केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले मनोनयन पत्र हस्तान्तरण गर्नु भएको थियो ।

काठेखोला गाउँपालिका वडा नं ५ बिहुँकोट दहपानी जन्म घर भइ हाल बागलुङ नगरपालिका वडा नं १ रामरेखा निवासी कँडेलले कुशलता पूर्वक नेपाल विद्यार्थी संघ बागलुङको अध्यक्ष र जिपि कोइराला फाउण्डेसन बागलुङको संयोजकको जिम्मेवारी समेत सम्हालि सकेका छन् ।युवा नेता कँडेल राजनीतिका साथै सामाजिक सेवामा समेत समर्पित छन् ।

बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटा निवासी शिक्षासेवी चुडामणि शर्मा पौडेल बलेवा पैयुपाटा क्याम्पसको अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्