२६ बैशाख २०८१, बुधबार

 

लायन्स क्लब अफ बागलुङ युनियनको अध्यक्षमा लोकेन्द्र केसी

बागलुङ- लायन्स क्लब अफ बागलुङ युनियजको अध्यक्षमा लोकेन्द्र केसी सर्वसम्मत चयन भएको छ । आइतबार भएको पदस्थापन कार्यक्रममा अध्यक्ष केसीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्य समिति घोषणा गरिएको छ ।

क्लबको प्रथम उपाध्यक्षमा प्रेम बहादुर जिसी, द्धितीय उपाध्यक्ष सन्तोष गौतम सचिवमा दिपेश गौतम र कोषाध्यक्षमा गोविन्द सापकोटा रहेका छन् ।

निर्वतमान अध्यक्ष बलराम गौतमले आफनो कार्यकालमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा एमजेएफ अनुप रिजाल र लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको अध्यक्ष नारायण आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

क्लबलाई मानविय र सामाजिक सेवामा सक्रिय बनाउनुको साथै युवाहरुको व्यक्तित्व विकास र नेतृत्व विकासमा केन्द्रीत गर्ने अध्यक्ष लोकेन्द्र केसीले नयाँ विश्वलाई बताउनु भयो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ युनियजको अध्यक्ष बलराम गौतम अध्यक्षता, प्रथम उपाध्यक्ष लोकेन्द्र केसीको स्वागत र सचिव दिपेश गौतमको संचालनमा सम्पन्न्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्