फोनिज बागलुङको आयोजना स्थापना दिवसको अवसरमा पत्रकार र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज को २३ औँ स्थापना दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।फोनिज बागलुङको आयोजना स्थापना दिवसको अवसरमा ‘पत्रकार र पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका सभापति एवं फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्त्यालको अवधारणा पत्र प्रस्तुत गरिएको थियो ।पत्रकार र पत्रकारिता कस्तो हुनुपर्छ रु, फोनिज के हो रु नेपालमा पछिल्लो पत्रकारिता कस्तो छ र कस्तो हुनुपर्छ भन्ने विषयमा सहभागीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्त्यालको अध्यक्षता, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बम बहादुर गुरुङ र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष नविन शिशिर विकले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्त्यालको अध्यक्षता, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बम बहादुर गुरुङको प्रमुख आतिथ्यता र सचिव डम्बर बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































