लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले राधाकृष्ण मन्दिरलाई सरसफाईको सामग्री हस्तान्तरण गरेको छ ।
बागलुङ वडा नं ३ राधाकृष्ण टोलमा रहेको राधाकृष्ण मन्दिर इतिहास बोकेको मन्दिर हो ।राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीलाई लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष जुनु श्रेष्ठले सरसफाई सामग्रीहरु डस्पिनहरु र कुचोहरु हस्तान्तरण गरेको हो ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुलाई क्लबले पानी पिलाउने उद्देश्यले मन्दिरलाई जारको पानी पनि सहयोग गरेको छ ।
कार्यक्रममा लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष जुनु श्रेष्ठ, समाजसेवी देव बहादुर श्रेष्ठ र राधाकृष्ण मन्दिर सेवा समितिका सचिव हरि प्रसाद उपाध्याय, अध्यक्ष रमेश कुमार राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङु मुक्तिनाथका अध्यक्ष जुनु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबको सचिव सिता राजभण्डारीले गरेकी थिइन् ।





















































































































































































































