५ जेष्ठ २०८१, शनिबार

 

नेपाल स्वास्थ्यकर्मी संघद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

बागलुङ नेपाल स्वास्थ्यकर्मी संघ बागलुङले हालै लोकसेवा आयोगबाट जनस्वास्थ्य अधिकृतमा नाम निकालेर जिल्लाको गलकोट नगरपालिकामा आएका जनस्वास्थ्य अधिकृत शुशिल पौडेललाई बधाई तथा सम्मान व्यक्त गरेको । संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जनस्वास्थ्य अधिकृत सातौं तहमा खुल्लाबाट नाम निकाल्न सफल पौडेललाई बधाई तथा सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बधाई ज्ञापन गर्दै नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा ‘बाबु’ले कर्मचारीहरु र पार्टीको सबन्ध सुमधुर हुनुपर्ने बताए । उनले हरेक कर्मचारीका लागि नेपाली काँग्रेस बागलुङ नगर समिति सधै सहयोग गर्ने बताए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व सुशिल पौडेलले स्वास्थ्यकर्मी संघको यो सम्मानले झनै कर्तव्य बोध बनाएको बताए । उनले संघ र कर्मचारी युनियनसँग समन्वय गरेर आफूले काम गर्ने बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन बागलुङका जिल्ला अध्यक्ष देव शर्मा आचार्य, गण्डकी प्रदेशका सहसचिव आनन्द प्रसाद शर्मा, आधिकारीक ट्रेड युनियका जिल्ला उपाध्यक्ष दुर्गा प्रसाद शर्मा, स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका उपाध्यक्ष देव प्रकाश घिमिरे लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल स्वास्थयकर्मी संघ बागलुङका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता, उपाध्यक्ष चन्द्र रेग्मीको स्वागत र सचिव शिव केसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्