बागलुङ नगरपालिकाले बिजया दशमी, दिपाबली, छड, नेपाल सम्बत र इ्द लगायतका पर्वको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, पत्रकार सामाजिक संघ संस्थाका प्रतिनिधि जनप्रतिनिधि र सर्वसाधारण विच शुभकामना आदान प्रदान गरिएको हो ।
सवै नगरवासी दाजुभाई दिदिबहिनीमा सुख शान्तिको एवं सुस्वास्थय दिर्घायुको कामना गर्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सवैमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नगरले संचालन गरेको सेवा प्रवाह घुम्ती शिविरका बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाको संचालन र नगर उपप्रमुख राजु खड्कोको धन्यबाद मन्तव्यसँगै समापन गरिएको थियो । 























































































































































































