५ जेष्ठ २०८१, शनिबार

 

रायडाँडाको तमाखुबारीमा सहरी स्वास्थ्य केन्द्र सुरु

बागलुङ / बागलुङ नगरपालिका क्षेत्र भित्र दुर्गम क्षेत्रको रुपमा रहेको वडा नं ११ रायडाँडाको तमाखुबारीमा सहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको यस क्षेत्रका स्थानीयको आवश्यकतालाई मध्यनजर गरी विहिबारदेखि बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरेर सेवा सुभारम्भ गर्नु भएको छ ।

सेवाको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले यस क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना भएसँगै जनतालाई थप राहत हुने बताए ।

स्वास्थ्य र शिक्षा हरेक मानिसको आधारभुत आवश्यकता भएका कारण यसको सहजताका लागि स्थानीय सरकारले जोड दिने बताए । उनले हरेक नागरिकका न्युनतम आवश्यकतलाई मध्यनजर गरी नगरले कार्यक्रम अगाडी बढाउने बताए ।

स्वास्थ्य केन्द्र संचालनमा आएसँगै यस क्षेत्रका जनतालाई घण्टौं लगाएर स्वास्थ्य संस्था जानुपर्ने बाध्यता टरेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनु भयो ।

सामान्य विरामी पर्दा पनि यहाँका सर्वसाधारण घण्टौं लगाएर रायडाँडा स्वास्थ्य चौकी वा सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा धाउनुपर्ने बाध्यता थियो ।

अब भने केही समस्या समाधान भएको अध्यक्ष गौतमको भनाई रहेका छ । स्वास्थ्य केन्द्रमा विरामीको जाँच गर्नुका साथै खोप, परिवार नियोजन लगायतका सेवाहरु प्रदान गरिने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनु भयो ।

संस्थाबाट एक जना अहेब र अनमीले स्वास्थ्य सेवा प्रदान गर्नेछन ।सोही अवसरमा गत भदौमा गएको सुख्खा पहिरोका कारण प्रभावित भएको ८ घर परिवारलाई नगरपालिकाको तर्फबाट २० हजारका दरले राहत प्रदान गरिएको वडा अध्यक्ष गौतमले जानकारी दिनु भयो। कार्यक्रम वडा सचिव नेत्र प्रसाद सापकोटाले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्