२६ बैशाख २०८१, बुधबार

 

बागलुङ जेसीजको अध्यक्षमा सौरभ श्रेष्ठ

बागलुङ / बागलुङ जेसीजको अध्यक्षमा सौरभ श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

शनिबार बागलुङ बजारमा भएको बागलुङ जेसीजको ४५ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएका छन् ।

साथै बागलुङ जेसीजको कार्यकारिणी अध्यक्षमा सुशान्त कृष्ण श्रेष्ठ, गणेश महतो, उपाध्यक्षहरुमा सौरभ खत्री, सुलभ खड़का, प्रेम प्रसाद ढकाल र रुशन सपकोटा रहेका छन् ।

निर्देशकमा रोहन जिसी र प्रतिभा केसी रहेका छन् । महासचिवमा अंजिला श्रेष्ठ कोषाध्यक्षमा बलराम कँडेल र तालिम संयोजकमा बिंदा कार्की रहेका छन् ।

कार्यक्रममा निर्वाचन आयुक्त आशिक़ राजभण्डारी, अधिवेशन निर्देशक सुरेन्द्र शाक्य, निर्वतमान अध्यक्ष आनन्द प्रसाद रेग्मी र अध्यक्ष सौरभ श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्