२६ बैशाख २०८१, बुधबार

 

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको अध्यक्षमा चोखाल

गलकोट । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको अध्यक्षमा विर बहादुर चोखाल निर्वाचित हुनु भएको छ ।एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङको आठौं जिल्ला अधिवेशनले विर बहादुर चोखालको अध्यक्षतामा २१ सदस्यिय एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको गठन गरेको हो ।

समितिको उपाध्यक्षमा हरिराम रेग्मी, सचिवमा प्रकाश रोका र कोषाध्यक्षमा प्रेम बहादुर छन्त्याल थापा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कुमार पुन, भिम बहादुर कायत, देवी रसाइली, जमुना बुढाथोकी, गोविन्द चालिसे, काशीराम विक, माया पाण्डे रेग्मी, तारामाया विक, नन्द बहादुर बुढा, पञ्चवीर घर्ती, कला शर्मा, कृष्ण शाही, सुनकली घर्ती, पूर्णभद्र निउरे, लक्ष्मण रोका मगर, यम कुमारी शर्मा र जीत बहादुर थापा रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्