४ जेष्ठ २०८१, शुक्रबार

 

नगरपालिका मावि स्तरीय कबड्डी प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफलाई, गरिमा आवासीय मावि द्वितीय

बागलुङ । बागलुङ नगरपालिका मावि स्तरीय पाँचौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डी खेलको उपाधि चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ ।बाङ्गेचौरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलले गरिमा आवासीय माविलाई दोब्बर अंकको फरक पार्दै उपाधि चुमेको हो ।

रनिङ शिल्ड प्रतियोगिता अन्तरगत कबड्डी छात्र तर्फ चिल्ड्रेन लाईफ प्रथम, गरिमा आवासीय मावि द्वितीय र युएस एकेडेमी तृतीय भएको छ । त्यस्तै छात्रा तर्फ युएस एकेडेमी प्रथम, कालिका कन्या मन्दिर मावि द्वितीय र अमर आदर्श मावि तृतीय भएको बागलुङ नगरपालिकाले जानकारी दिएको छ ।

कबड्डी खेलमा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको छ । आइतबारदेखि शुरु भएको प्रतियोगितामा छात्र कबड्डी तर्फ १३ र छात्रा तर्फ १० विद्यालयको सहभागिता रहेको बागलुङ नगरपालिकाका शिक्षा अधिकृत गौरव रानाले जानकारी दिनुभयो ।

विजेता र उपविजेता खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगर उप—प्रमुख राजु खड्का र प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्