४ जेष्ठ २०८१, शुक्रबार

 

युएस एकेडेमीले जित्यो बागलुङ नगर स्तरीय छात्रा कबड्डी प्रतियोगिता, कालिका कन्या मावि द्वितीय

बागलुङ — बागलुङ नगर स्तरीय पाँचौं राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगिताको कबड्डीमा छात्रातर्फको उपाधि युएस एकेडेमीले जितेको छ ।

बुधवार बाङगेचौरमा भएको खेलमा कालिका कन्या मावि द्वितीय र अमर आदर्श आवासिय मावि तृतीय भएको नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले नयाँ विश्वलाई बताउनु भयो ।त्यसैगरि तेक्वान्दोमा तर्फ ४८ केजी तौल मुनि युएस एकेडेमीको छात्र सज्जन कँडेल प्रथम भएको छ ।

यसै गरी ४६ केजी तौल मुनि छात्रामा युएस एकेडेमीका सदिक्ष्या आचार्य द्वितीय, ४४ केजी तौल मुनि सौरभि शर्मा द्वितीय र ४२ केजी तौल मुनि छात्रा वर्षा पौडेल तृतीय भएको युएस एकेडेमीका कार्यकारी निर्देशक दल बहादुर थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्