३ जेष्ठ २०८१, बिहीबार

 

वैज्ञानिक समाजवादका लागि सामना परिवारको जनसङ्गीत अभियान

बागलुङ । वैज्ञानिक समाजवादका लागि जनसङ्गीत अभियान बागलुङ बजारमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीकोले बैज्ञानिक समाजवादका लागि फागुन २७ गते नुवाकोटबाट सुरु भएको अभियान बिहिबार बागलुङ आएको हो ।बिहिबार अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत केन्द्रीय सामना परिवारले वैज्ञानिक समाजवादको लागि सामना अभियान सुरु गरेको कार्यक्रम बागलुङको लोकतान्त्रिक चोकमा गरिएको थियो ।

सो अवसरमा सामना परिवारले गीत, नृत्य, नाटक, प्यारोडी लगाएका व्याङग्यात्मक प्रस्तुति राखेका थिए । सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य आजाद केसीले अहिले मुख्य चुनौति भनेकै संसदिय पुँजीवादी व्यवस्था रहेको आरोप लगानु भयो ।

उहाँले अझै एक पटक देश र जनताको मुक्तिका लागि लड्नु पर्ने बेला आएको बताउनु भयो ।वैज्ञानिक समाजवादका लागि दलाल पूँजीवादको अन्त्य गर्न आवश्यक रहेको भन्दै एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद ल्याउन आवश्यक रहेको बताउनु भयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा धौलागिरि इन्चार्ज विकिरण क्षत्रीले वैज्ञानिक समाजवादका शत्रुहरुमाथि प्रहार गर्नु पर्ने बताउनृुृ भयो । देशको मुख्य समस्या भनेको सामन्ती र दलाल पुजिवादमा आधारित राजनैतिक तथा आर्थिक व्यवस्था हो उहाँले भन्नु भयो ।

जनतालाई आर्थिक शोषणबाट मुक्त गर्नको लागि चर्को व्याजदर लिने वित्तीय संस्थालाई कारवाहीको दायरमा ल्याउनु पर्ने माग गर्नु भयो ।मध्यपहाडी लोकमार्ग अन्र्तगतका शहरमा वैज्ञानिक समाजवादका लागि सामना परिवारमार्फत जनसङ्गीत अभियान चलाइएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्