३ जेष्ठ २०८१, बिहीबार

 

खगेन्द्र संग्रौलाको कथा संग्रह ‘संग्रामबहादुर सार्की’ विमोचन

काठमाडौं– साहित्यकार खगेन्द्र संग्रौलाको कथा संग्रह ‘संग्रामबहादुर सार्की’ विमोचन भएको छ। शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् कवि भुपाल राई, लेखक सरिता परियार र लेखक युग पाठकले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।

‘सङ्ग्रामबहादुर सार्की’ कथासंग्रहमा २०२७ देखि २०५५ सालसम्म लेखिएका आठ कथाहरु समावेश गरिएको लेखक खगेन्द्र संग्रौलाले बताउनु भयो । कथाहरुले नेपाली समाजमा भएको जात व्यवस्था, दलितप्रति हुने विभेद र अत्याचारलाई उजागर गरेको छ ।

तल्लो र उपल्लो जातबीचको सम्बन्धलाई कथाका पात्रहरु मार्फत लेखकले बाहिर ल्याउनु भएको छ ।ब्राह्मण समुदायको लेखकले पञ्‍चायतकालीन समयमा दलित जात व्यवस्थाबारे लेख्नु आफूलाई गर्व महसुस भएको उनको भनाइ छ। अहिलेको समुदायलाई तत्कालीन जात व्यवस्था बुझ्न पुस्तक उपयोगी हुने उनले बताउनु भयो।

‘यी कथाहरू राजनीतिक आन्दोलनको कथा हो,’ उनले भने।आन्दोलन छरपस्ट र आवाज कमजोर भएको अहिलेको अवस्थामा जातीय विभेदको अन्त्यको लागि दलित समुदाय स्वयम्ले नै आन्दोलनको नेतृत्व गर्नु पर्ने बताउनृु भयो ।कार्यक्रममा कवि भुपाल राई, लेखक सरिता परियार र लेखक युग पाठकले कथा संग्रहले नेपाली समाजले भोगेको जातिय उत्पिडन र दलितमाथि हुने विभेद र दमनलाई उजागर गरेको बताएका छन् ।

कार्यक्रमको संचालन समर्पण श्रीले गर्नु भएको थियो ।वेला पब्लिकेशनले प्रकाशित गरेको पुस्तकको मूल्य ४ सय १९ रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्