३ जेष्ठ २०८१, बिहीबार

 

प्रभु बैंकका सिइओ अशोक शेरचनको गीत ‘आमा अघि बढ्दै छु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । प्रभु बैंकका सिइओ तथा कवि अशोक शेरचनको नयाँ गीत सार्वजनिक भएको छ । कवि शेरचनले ‘आमा अघि बढ्दै छु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

आमाको साथ भए जस्को सुकै चुनौति र समस्या भए पनि अघि बढ्न सकिन्छ भन्ने भाव भएको गीत बागलुङ क्रिएसनको युटुयुब च्यानलबाट सार्वजनिक गरिएको हो । संगीतकार शान्तिराम राईले संगीत भरेरको यस गीतलाई गायक दुर्गाकाजी शाक्यले स्वर दिएका छन् ।

सुनील विकले निर्देशन गरेको म्यूजिक भिडियोमा विवेक खड्का, अमित सुनार र सीता अवस्थीले अभिनय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्