४ कार्तिक २०८३, मंगलवार

 

मेयर देवकुमार नेपालीले अचानक कार्यवाहक दिएको पत्र ढोरपाटन नगरका उपमेयर कायतको टेबलमा

बागलुङ । ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले आफू नआउन्जुल कार्यवाहक भएर नगरपालिका चलाउनु भनि दिएको पत्र आफनो कार्यकक्षको तेबलमा राखेको अवस्था थाहा पाएको उपमेयर धनबहादुर कायतले नयाँ विश्वलाई बताउनु भयो ।

आज म आफनो कार्यकक्षमा जादाँ मेयर नेपालीले दिएको कार्यवाहक दिएको पत्र टेबलमा राखिएको अवस्थामा देखेपछि पत्र खोली हेर्दा कार्यवाहक दिएको पत्र रहेछ कायतले जानकारी दिनु भयो ।

मेयर नेपालीसँग लामो समयदेखि भेटघाट भएको थिएन् आज अचानक पत्र प्राप्त भयो । पत्रका मिति बैशाख ५ गते शुक्रबार रहेको छ उनले भन्नु भयो । उहाँ के कामले कहाँ जानु भयोथाहा हुन सकेको छैन् उपमेयर कायतले भन्नु भयो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर नेपाली सपरिवार सहकारीको अराबौं रकम कुम्ल्याएर फरार भएपछि प्रहरीले खोजतलास गरी रहेको थियो ।

शुक्रबारदेखि अध्यक्ष नेपालीले मोबाइल अफ गरी सम्पर्कविहिन भएका थिए ।नेपालीको गाडी चालक पनि सम्पर्कविहिन छन् । सहकारीका अरु संचालकहरुले मोबाइल अफ गरी सम्पर्कविहिन भएका छन् ।

गत साता बागलुङको ढोरपाटन नगरपालिकाका उप–प्रमुख कायतले बाढीपहिरो पीडितका नाममा देशविदेशबाट नगद र जिन्सी सामानको हिनामिना भएको विषयमा पीडितहरूलाई एक हप्ताभित्र लिखित उजुरी दिन आह्वान गरेका थिए ।उप–प्रमुख कायतले एक विज्ञप्ति जारी गरेर बाढीपहिरोबाट ज्यान गुमाएका आफन्त र पीडितहरूलाई एक हप्ताभित्र लिखित उजुरी दिन आह्वान गरेका हुन।तत्कालीन नगर प्रमुख देवकुमार नेपालीले बाढीपहिरो पीडितलाई एकद्वार प्रणालीबाट आर्थिक सहयोग वितरण गर्ने भनेर करीव तीन करोड बैंकमा राखेका थिए ।

त्यो रकम पीडितहरूलाई दिएको भनिएको छ । तर, वास्तविक पीडितहरूले अहिलेसम्म आर्थिक सहयोग नपाएको गुनासो गरेको भन्दै उप–प्रमुख कायतले वक्तव्य मार्फत चासो र चिन्ता व्यक्त गरेका थिए ।

एकद्वार प्रणालीका नाममा राखिएको करीव साढे दुई करोड रकम पीडितहरूले नपाएको भनेर व्यापक जनगुसो गरेपछि उप–प्रमुख कायतले उजुरी मागेका छन् । उनले आर्थिक अनियमितता भएको रहेछ भने दोषीलाई उन्मुक्ति नदिने चेतावनी दिएका छन् ।

२०७७ भदौ १७ गते गएको पहिरोले ढोरपाटनमा १ सय २६ घर बगाएको थियो । घटनामा २२ को मृत्यु र १५ जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung