७ जेष्ठ २०८१, सोमबार

 

जिल्ला अदालत बागलुङमा लक्ष्य भन्दा बढि मुद्धा फछर्यौट

बागलुङ । बागलुङ जिल्ला अदालतले चालु आर्थिक वर्षको ११ महिनामा ६ सय ६६ वटा मुद्दा फैसला गरेको छ । आर्थिक वर्षको असार मसान्तसम्म ६ सय १५ वटा मुद्धा फछर्यौट गर्ने लक्ष्य लिएकोमा जेठ २५ गतेसम्म त्यो भन्दा बढि ४८ वटा मुद्धा फैसला भएको जिल्ला अदालत बागलुङका न्यायाधीश डा.दिवाकर भट्टले बताउनु भयो ।

गत आर्थिक वर्षमा जिम्मेवारी सरी आएका ३ सय ८९ र नयाँ दर्ता भएका ५ सय १९ गरि ९ सय ८ वटा मुद्धामा ६ सय ६६ वटा मुद्धा फस्यौट भएको बागलुङ जिल्ला अदालतले पत्रकार सम्मेलनको अवसरमा जानकारी गराएको हो । अव बाँकी रहेका २ सय ४५ वटा मुद्धा फैसलाको चरणमा रहेका छन ।

अदालतमा सबभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा परेको छन । २ सय ५६ वटा सम्बन्ध बिच्छेदका मुद्धा फस्यौट भएको छ । अदालतमा ७५ वटा अशं, ४६ जवरजस्ती करणी, २९ वटा चोरीका, २४ वटा लेनदेनका र २१ वटा ज्यान सम्बन्धी लगाएका मुद्धा फस्यौट भएको अदालतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्