३ कार्तिक २०८३, सोमबार

 

ताराखोला गाउँपालिकाका कर्मचारी घुम्‍न जाँदा सेवाग्राहीलाई सास्ती

बागलुङ । ताराखोला गाउँपालिकाका कर्मचारीहरु घुम्न जादा सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।

एक हप्ता अगाडि ताराखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश गैरेको नेतृत्वमा लेखा प्रमुख बसन्त पौडेल, ताराखोला गाउँपालिका वडा नं १ का वडा सचिव पहलमान थापा र वडा नं ४ का वडा सचिव राधिका श्रेष्ठ, पशु शाखा प्रमुख चिन्तामणि शर्मा, स्वास्थ्य शाखाका सिअहेव अधिकृत प्रकाश शर्मा, शोभा शर्मा ,स्वरोजगार संयोजक शारदा घर्ती सहित १० जनाको टोलि अध्ययन भ्रमणमा गएका थिए।

गाउँपालिकाको कार्यालयमा निमित्त प्रमुख प्रशासकिय अधिकृत गैरे, लेखा प्रमुख पौडेल, पशु शाखा प्रमुख शर्मा, स्वास्थ्य शाखाका सिअहेव अधिकृत प्रकाश शर्मा, शोभा शर्मा ,स्वरोजगार संयोजक शारदा घर्ती, वडा सचिवहरु थापा र श्रेष्ठ नहुँदा सेवाग्राहीहरुले एक हप्तादेखि सास्ती भोग्नु परेको थियो ।

कर्मचारीहरु घुम्न जादा पालिकाको गाडी समेत प्रयोग भएको छ । हामी अध्ययन भ्रमणको लागि इलामको चिया खेती र बागमती नगरपालिकामा गएर आज फर्केको निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश गैरेले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung