२३ बैशाख २०८१, आईतवार

 

लायन्स क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बागलुङ । बागलुङमा रहेका लायन्स क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार बागलुङ स्थित कलष्टर ९ रिजन १९, जोन ३८, ३९ र ४० अन्तर्गत लायन्स क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा विभिन्न लायन्स क्लवका वर्ष २०२३÷०२४ का लागि नवनिर्वाचित अध्यक्ष लगाएत पदाधिकारी र सदस्यको पदस्थापन गरिएको थियोे । नवनिर्वाचित अध्यक्ष लगाएत पदाधिकारी सदस्यहरुको लायन्स डिष्ट्रिक ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाले पदस्थापन गराउनु भएको हो ।

सो अवसरमा निवर्तमान अध्यक्षहरुले वर्ष २०२२÷०२३ का अध्यक्षहरुले गत वर्ष गरेका कामका वारेमा जानकारी गराएका थिए भने नवनिर्वाचित अध्यक्षहरुले यस वर्ष आआफ्ना क्लवले गर्ने कामको वारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाले युवापुस्तामा लायन्स क्लवमा लाग्ने तथा नयाँ क्लब खोल्ने क्रम वढेको भन्दै आफ्नो कार्यकालमा धेरै भन्दा धेरै युवाहरुलाई लायन्समा आवद्ध गाराउने बताउनु भयो ।

लिड टु चेन्स अभियान अन्र्तगत महिलाको साथ महिलाको हात अभियान संचालन गर्ने बताउनु भयो । महिला ससक्तिकरणका कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भयो । कार्यक्रममा  डिष्ट्रिक्ट एडमिष्टटेटर चिफ काजिमान गुरुङ, जिएमए चिफ लायन दुर्गा कुँवर, एसिसटेन चिफ एडभाइजर लायन पार्वती अधिकारी, पिआरओइन चिफ लायन विष्णुहरी फुयाल, डिष्ट्रिक चिफ एडभाइजर रमेश अधिकारी, डिष्ट्रिक सेक्रेटरी लायन शैलेन्द्र दाहाल, फस्ट भिडिजि लायन निरा बज्राचार्य, लियो डिष्ट्रिक प्रेसिडेण्ट लियो अविरल पौडेल लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पदस्थापन कार्यक्रमको पहिलो सत्र लायन्स क्लव अफ बागलुङ भगवतीका अध्यक्ष वावुराम लम्साल र दोश्रो सत्र लायन्स क्लव अफ ढोरपाटन बागलुङ अध्यक्ष राम प्रसाद आचार्यको अध्यक्षताभएको थियो । राम प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चियर पर्शन केशव सापकोटाको स्वागत, कलस्टर चिफ लायन ताल वहादुर कँुवरको धन्यवाद मन्तव्य र जोन ३८ का जोन चियर पर्शन लायन नारायण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा नयाँ लायन्स आफ बागलुङ प्रोफेसनलको पदस्थापन गरिएको थियो । योसँगै बागलुङमा लायन्स क्लवको संख्या १२ र लियो क्लवको संख्या ३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्