६ जेष्ठ २०८१, आईतवार

 

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्वजनिक

काठमाडौं ।खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षका लागि पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्वजनिक गरेको छ ।

यस वर्षका उत्कृष्ट पाँच पुस्तकको ‘सर्ट लिस्ट’ मा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, डा देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा नवराज केसी शून्यको मूल्य नामक पुस्तकहरू परेका छन् ।

विगत २०६३ देखि प्रतिष्ठानले वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दैै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष जीबा लामिछानेले पाँच पुस्तकको सुचि सार्वजनिक गर्नु भएको हो । प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्ये निर्णायक समितिले सुरुमा असार १५ गते १५ पुस्तकको सूची सार्वजनिक गरेका थियो । त्यसमध्ये शनिबार पाँच पुस्तकको उत्कृष्ट अन्तिम सूची सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्