६ जेष्ठ २०८१, आईतवार

 

जेसीज नृत्य प्रतियोगितामा सिद्धार्थ शिक्षा सदन प्रथम, अमर आदर्श मावि द्धितीय र युएस एकेडेमी तृतीय

बागलुङ । जेसीजले संचालन गरेको जेसीज सप्ताह २०२३ को तेस्रो दिन सोमबार नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।आइतबार युवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय बागलुङ जेसीजले ७ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन शुरु गरिएको सप्ताहको तेस्रो दिन विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।

विद्यालयमा रहेका विद्यार्थीहरुको प्रतिभालाई प्रष्फुटन गराउन र कला संस्कृतिको संरक्षणका लागि तीजको अवसर पनि परेकाले तीज गितमा नृत्य प्रतियोगिता गारइएको बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं जेसीज सप्ताहका मूल संयोजक गणेश महतोले जानकारी दिनुभयो ।

विभिन्न विद्यालयका गरी १५ समूहको सहभागिता रहेको प्रतियोगिताबाट सिद्धार्थ शिक्षा सदन प्रथम, अमर आदर्श मावि द्धितीय र युएस एकेडेमी तृतीय भएको कार्यक्रम संयोजक रोहन जिसीले जानकारी दिनुभयो । प्रतियोगिताबाट विजयी हुनेलाई सप्ताहको अन्तिम दिन पुरस्कार प्रदान गरिने जेसीज बागलुङले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले विद्यार्थीहरुलाई कितावी ज्ञानमा मात्र सिमित नराखी प्रतिभाको उजागर बिहिरी क्रियाकलापमा पनि सहभागी गराउनका लागि जेसीजले गरेको कार्य स्वागत योग्य रहेको बताउनुभयो ।

कार्यक्रम बागलुङ जेसीज शाखा अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, सप्ताहका मूल संयोजक एवं कार्यकारीणी उपाध्यक्ष गणेश महतोको स्वागत र कार्यक्रम संयोजक रोहन जिसीको संचालनमा संचालनमा सम्पन्न भएको थियो । सप्ताहको चौथो दिन मंगलवार लागु औषध विरुद्ध सचेतना कार्यक्रम रहेको महतोले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्