६ जेष्ठ २०८१, आईतवार

 

माक्सिम गोर्कीको रचनाहरुको संगालो ‘व्यक्तित्वको विघटन’ विमोचन

काठमाडौं– विश्व प्रसिद्ध साहित्यकार माक्सिम गोर्कीको विख्यात रचनाहरुको संगालो ‘व्यक्तित्वको विघटन’ विमोचन भएको छ।

शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैघ ‘किरण’, पुस्तकका अनुवादक तथा मार्क्सवादी चिन्तक निनु चापागाई, लेखक भोगीराज चाम्लिङ र लेखक तथा अधिवक्ता करुणा पराजुलीले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नु भएको हो।

‘व्यक्तित्वको विघटन’ पुस्तक मार्क्सवादी चिन्तक निनु चापागाईले अनुवाद गर्नु भएको हो ।

पुँजीवादी आर्थिक, सामाजिक र सांस्कृतिक व्यवस्थाभित्र झाँगिएको व्यक्तिवादले कसरी मान्छेको व्यक्तित्वको विघटन गर्दैछ र पुँजीवादले निर्माण गर्दै आएको व्यक्तित्वलाई किन मानवीय व्यक्तित्वले प्रतिस्थापन गर्नुपर्छ भन्ने बारेमा यस पुस्तकमा गहिरो विश्लेषण र व्याख्या गरेको वक्ताहरुको भनाई थियो ।

कार्यक्रमको सञ्चालन निबन्धकार तथा समीक्षक गुरुङ सुशान्तले गर्नु भएको थियो ।

यो पुस्तक वेला पब्लिकेशनले प्रकाशित गरेको हो ।पुस्तकको मूल्य ३ सय ३५रुपैयाँ राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्