४ जेष्ठ २०८१, शुक्रबार

 

मानवसेवा आश्रम बागलुङले आर्थिक वर्ष २०७९/८० को आयव्यय सार्वजनिक

मान वसेवा आश्रम बागलुङले आर्थिक वर्ष २०७९/८० को वार्षिक हिसाव किताब सार्वजनिक गरेको छ । आश्रममा आयोजित स्नेह मिलन कार्यक्रममा आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो ।

आश्रमले बागलुङ नगरपालिका ४ निर्णयघाटमा निर्माण भैरहेको भवनको आयव्यय सार्वजनिक गरेको थियो । बिभिन्न दाता तथा निकायबाट सहयोग जुटाएर ७७ सालबाट निर्णयघाटमा आफ्नै भवन निर्माण कार्य शुरु गरेको थियो ।

करिब १२ करोडको लागत अनुमान रहेको भवन निर्माण कार्यमा हाल सम्म बिभिन्न निकायबाट ३ करोड सहयोग जुटाएर निर्माण कार्य भईरहेको आश्रमका अभिभावक ओमबहादुर खड्का शिवले जानकारी दिनुभयो । आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै निर्माणाधिन भवन व्लक ए को भुइतला र व्लक सी को पहिलो र दोस्रो तला निर्माणको क्रममा रहेको बताउनु भयो ।

हालसम्म भवन निर्माणका लागि बिभिन्न संघसंस्था, स्थानिय तह, व्यक्तिबाट प्राप्त रकमबाट १ करोड ३२ लाख ६४ हजार ६ सय ८ रुपैया खर्च भएको अभिभावक खड्काले जानकारी दिनुभयो ।

संघसंस्था, स्थानिय तह, व्यक्तिबाट गरि प्राप्त रकमबाट नपुग रकम सापटी लिएर खर्च गरिएको उहाँको भनाई थियो । भवन निर्माणका लागि बागलुङ, म्याग्दी र पर्वतका स्थानिय तहसंगै बिभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेको उहाँले बताउनुभयो ।

उक्त भवन निर्माण भएपछि करिब २ सय देखी ३ सय जना लाई आश्रय दिन सकिने छ । सो अवसरमा आश्रमका संयोजक बिपना तामाङले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तामाङले गुणस्तरीय सेवाका लागि मासिक १ जना बराबर १५ हजार खर्च गर्नुपर्ने भएपनि यस अनुपातमा उपलब्ध सहयोग धेरै कम हुने भएकाले आश्रम संचालनमा कठिनाई भएको बताउनुभयो ।

सेवा स्थानको अभावका कारण सबै सहयोगापेक्षीको उद्धार गर्न नसकिएको, अस्थाई रुपमा संचालित आश्रम संचालनका लागि वर्षातमा असहज भएको लगायतका चुनौती रहेको उहाँको भनाई छ ।

सो अवसरमा आश्रममा रहेका वालवालिकालाई निशुल्क शिक्षा प्रदान गर्ने दुई निजी विद्यालय लाई सम्मान समेत गरिएको थियो । बागलुङ नगरपालिका १ स्थित प्रिसियस एकेडेमी र ४ स्थित धौलागिरी बोडिङ स्कुललाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, बडिगाड गाँउपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, मानवसेवा आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमिल्सेना र नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव बिजय राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठको अध्यक्षता, अभिभावक सुवास केसीको स्वागत र अभिभावक सरिता गौतम तथा शिव केसीको संचालनमा सम्पन्न भएको थियो । आश्रममा अहिले ५० जनाले आश्रय लिएका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस्