४ जेष्ठ २०८१, शुक्रबार

 

लायन्स क्लबहरुको जोन बैठक सम्पन्न

बागलुङ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपाल जोन ३८ अन्तर्गत चार वटा क्लबहरुको पहिलो जोन बैठक सम्पन्न भएको छ ।

विहिबार भएको बैठकमा लायन्स क्लब अफ धौलागिरि बागलुङका प्रथम उपाध्यक्ष गणेश महतो लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष धना सुनार, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष सुनीता श्रेष्ठ र लायन्स क्लब अफ बागलुङ ब्लुसिपका अध्यक्ष इन्द्र थापाले

आफनो नेतृत्वमा विगत तीन महिनामा भएका नेतृत्व विकास र सामाजिक कामहरुको बारेमा जानकारी गराउनु हुँदै आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा जोन चियर पर्सन नारायण आचार्य, कलष्टर चिफ तालबहादुर कुँवर, डिपार्टेमेन चिफ कविता बस्नेत, जिएमए चिफ चिफ दुर्गा कुँवर र जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठको अध्यक्षता, ध्वजाको अभिवादन लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी कोषाध्यक्ष सिर्जन श्रेष्ठले र लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी सचिव गिता श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्