२५ बैशाख २०८१, मंगलवार

 

बागलुङ तेक्वान्दो संघको आयोजनामा शुभकामना आदान प्रदान

बागलुङ । बागलुङ तेक्वान्दो संघको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा दशैं, शुभ दिपावली, नेपाल सम्वत् , छठ, ल्योसार पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा तेक्वान्दो खेललाई व्यवस्थित र खेलाडीलाई क्रियाशिल बनाउन जिल्ला कार्यसमिति क्रियाशिल रहेको बताएका थिए ।

थुप्रै चुनौतिहरुलाई पार गर्दै वाङगेचौरमा आफ्नै कभर्ड हल बनाउन सफल भएपनि तेक्वान्दो खेल क्षेत्रको स्तरबृद्धि गर्दै दक्ष खेलाडी उत्पादनमा बागलुङले थालेको प्रयासमा जिल्लाका सरोकारवाल तथा स्थानिय तहले सहयोग गर्नुपर्ने बताए थिए । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

बागलुङ तेक्वान्दो संघबाट प्रतिनिधित्व गर्दै खेलाडीहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय पदक ल्याउन सफल भएका छन्। बागलुङ नगरपालिकाका धेरै विद्यालयहरुमाका साथै काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र वडिगाड गाउँपालिकामा डोजो रहको बताइएको ।

कार्यक्रम बागलुङ तेक्वान्दो संघका अध्यक्ष कर्ण बहादुर बहादुर बोहोराको अध्यक्षता, उपाध्यक्ष वालकृष्ण शर्माको स्वागत र कोषाध्यक्ष कल्पना श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्