४ जेष्ठ २०८१, शुक्रबार

 

रास्वपाका महामन्त्री डा. मुकुल ढकाल र सांसद डा. तोसिमा कार्कीसहितको टोली जाजरकोट प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोटमा भूकम्पबाट घाइते भएकाको उपचार र उद्धारका लागि दुई टोली परिचालन गरेको छ । केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र सांसद डा. तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट तर्फ प्रस्थान गरेका हुन ।

त्यसै गरी भूकम्प पीडितको उद्धारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएका छन् ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा स्वस्थ्यकर्मी, स्वयंसेवक परिचालन, उद्धार र भूकम्प पीडितहरुलाई खाद्यान्न र लत्ता कपडाको व्यवस्थापन गर्नको लागि रास्वपाको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठक शनिबार दिउँसो पार्टी कार्यालय चमतीमा बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्