५ जेष्ठ २०८१, शनिबार

 

नयाँ विश्व सहकारी र नयाँ विश्वमा लक्ष्मीको पूजा

बागलुङ । नयाँ विश्व बचत तथा ऋण सहकारी सस्था र नयाँ विश्व पत्रिकाको प्रकाशन संस्था नागरिक संचार प्रालिको कार्यालयमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने परम्परा अनुसार लक्ष्मी पूजा गरिएको हो ।

पैसालाई लक्ष्मीको प्रतिकको रूपमा मानिन्छ र दैनिक रूपमा लक्ष्मी आउने र जाने हुनाले लक्ष्मीलाई खुसी पार्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । पैसा, यन्त्र र तन्त्रको कारोबार हुने कार्यालयहरुमा लक्ष्मीपूजा गरिने परम्परा छ ।

नयाँ विश्व बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष सुवाशचन्द्र राजभण्डारी, नागरिक संचार प्रालिका संचालक तथा सहकारीका सचिव मुकेशचन्द्र राजभण्डारी, सल्लाहकार श्याम श्रेष्ठ, सेयर सदस्य विश्व राजभण्डारी, राजेशचन्द्र राजभण्डारी, नयाँ विश्वका प्रधान सम्पादक निर्मल बहादुर श्रेष्ठ, कार्यकारी सम्पादक सुवास आचार्य, वेदना राजभण्डारी, सरिता राजभण्डारीलगाएतले लक्ष्मी पूजा गर्नु भएको थियो ।

लक्ष्मीपूजालाई विशेष महत्त्वका साथ कार्यालय र घरघरमा पूजा गरिन्छ । लक्ष्मीपूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी कार्यालय तथा घरभरि दियो बाली मनाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्