२२ बैशाख २०८१, शनिबार

 

भारतमा संगठन बनाउन जनगायक खुशीराम पाख्रिनको ठूलो योगदान थियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा राम्रो संगठन बनाउन जनगायक खुशीराम पाख्रिनको ठूलो योगदान रहेको बताउनु भयो।

शनिबार बालुवाटारमा पाख्रिनको छैटौँ स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले सशस्त्र युद्धको समयमा पाख्रिनले भारत प्रवास कमिटीमा बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् । भारतमा हाम्रो संगठन पहिला कमजोर थियो ।

संगठन विस्तार गर्न राजनीतिक नेताहरुको भन्दा पाख्रिनजस्ता साँस्कृतिककर्मीहरुको भूमिका बढी महत्वपूर्ण रहेको र त्यसैको जगमा कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत भारतबाट पाएको बताए। उनले भारतमा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्ने अभियानमा जनगायक पाख्रिनलगाएतका कलाकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

उनले भने, ‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउन कठिन हुने थियो ।

भारतमा संगठनकै बलमा हामीले थुप्रै चिजहरु भूमिगत रुपबाट हामीले प्राप्त गर्‍यौँ। कार्यकर्ता प्राप्त गर्‍यौँ, लड्ने योद्धाहरु सिधै आएर फौजी मोर्चामा जाने अवस्था सिर्जना भयो।’

प्रतिक्रिया दिनुहोस्