५ जेष्ठ २०८१, शनिबार

 

विवाईसी बागलुङद्वारा हुइलचियर सहयोग

बागलुङ । विवाईसी बागलुङले अपाङ्गता भएका व्यक्तिलाई हुइलचियर प्रदान गरेको छ । विवाईसी बागलुङले अपाङ्गता भएका व्यक्तिलाई आवश्यक दुई थान हुइलचियर र एक थान बैशाखी प्रदान गरेको हो ।

मानव सेवा बागलुङ शाखाका लागि एक थान हुइलचियर एक थान बैशाखी प्रदान गरिएको विवाईसी बागलुङका अध्यक्ष मणी शर्माले जानकारी दिनुभयो ।

यस्तै बागलुङ नगरपालिका-३ पेन्सन क्याम्प निवासी बुध कुमारी केसी (पार्वती) को ३२ वर्षीया छोरी बिना केसीलाई एक थान हुइलचियर हस्तान्तरण गरिएको हो ।

आश्रममा १३ हजार बराबरको हुइलचियर तथा बैशाखी र केसीलाई १० हजार बराबरको हुइलचियर वितरण गरिएको हो । मानव सेवा आश्रमका सञ्चालक विपना तामाङलाई विवाईसीका अध्यक्ष मणी शर्माले हस्तातरण गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्