२२ बैशाख २०८१, शनिबार

 

नारायणस्थान स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संंस्था घोषणा

बागलुङ । बागलुङ नगरपालिका १४ नारायणस्थानमा रहेको स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संंस्था घोषणा गरिएको छ ।

मंगलबार नारायणस्थानमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नारायणस्थानको स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्नु भएको हो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक तथा पो्षण कार्यक्रमको फोकल पर्सन लक्ष्मी शर्मा, एमालेका वडा पार्टी अध्यक्ष महेन्द्र शर्मा, वडा स्तरीय महिला संजालका अध्यक्ष तिला देवी पौडेल र महिला स्वास्थ्य स्वंयसेविकाका अध्यक्ष पार्वती ढकालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा २० औं महिला स्वास्थ्य स्वंय सेविका दिवसको उपलक्ष्यमा उत्कृष्ठ महिला स्वंयसेविकाहरुमध्ये प्रथम हुने मिना खत्री, द्धितीय हुने अनीता खड्का र तृतीय हुने विना विकलाई सम्मान गरिएको थियो । कार्यक्रममा तीन वटा स्वास्थ्य आमा समूहलाई पनि सम्मान गरिएको थियो ।

साथै तीन जना स्वास्थ्यकर्मीहरु सिअहेव टंकनाथ सुवेदी, कार्यालय सहयोगी विष्णु पाठक अधिकारी र सिअनमि निरीक्षक सरस्वती शर्मालाई पनि सम्मानसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा १६ जना महिला स्वंय सेविकाहरुलाई पनि स्वास्थ्य सामग्री राख्नको लागि दराज वितरण गरिएको थियो भने पाँच जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । आजको खाजा व्यवस्थापनको लागि स्थानीय समाजसेवी गंगा बहादुर घर्ती क्षेत्री र श्रीमती डम्मर कुमारी घर्ती क्षेत्रीले सहयोग गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्