५ जेष्ठ २०८१, शनिबार

 

बडिगाड गाउँपालिका-५, दाँग फेदीस्थित घिमिरेको घरमा आगलागी

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका ५, दाँग फेदीस्थित तारापती घिमिरेको घरमा राति १२ ३० बजेको समयमा आगलागी भएको छ ।

आगलागीले लाखौंको क्षति भएको छ । गाउँपाकिलाका उपाध्यक्ष भिमसेन वन, खारा प्रहरी चौकीका प्रमुख दिपेन्द्र दर्लामी र स्थानीय युवाले आगो लागेको २ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट २० हजार नगद, मोबाइल, खाद्यान्न, लत्ताकपडा र फर्निचर जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्