२७ बैशाख २०८१, बिहीबार

 

समयमा काम सक्ने पद्धति बसाल्दा विकासले गति लिन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

बागलुङ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले समयमा काम सक्ने पद्धति बसाल्दा विकासले गति लिने बताउनु भयो ।

शनिबार बागलुङमा निर्माणाधीन उच्च अदालतको भवन निरीक्षणपछि प्रधानन्यायाधीश श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न नहुँदा लगानी बढ्ने, राज्यको बजेट दुरुपयोग भएको र समयमै परिणाम नआएको बताउनु भयो ।

उनले निर्माणाधीन योजना समयमा सक्न पनि निर्माण कम्पनी र प्राविधिकलाई निर्देशन समेत दिनु भयो । उच्च अदालतको भवनको श्यामसुन्दर र शिवजी संयुक्त निर्माण कम्पनीले ५० करोड ९५ लाख २५ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।

दुईवटा लिफ्टसहितको ६ तले निर्माणाधीन भवनमा ६ वटा इजलास, ५ जना न्यायाधीश र रजिष्ट्रारको आवास र अपांगमैत्री, बालमैत्री सेवासुविधा हुनेछ । कम्पनीका म्यानेजर ओम गुरुङका अनुसार भवनको ५० प्रतिशत काम सम्पन्न भएको छ भने ठेकेदार कम्पनीले ३८ प्रतिशत मात्रै भुक्तानी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्