५ जेष्ठ २०८१, शनिबार

 

राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार सौरभ श्रेष्ठलाई बागलुङ जेसीजद्वारा विदाई

बागलुङ । बागलुङ जेसीजले नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार सौरभ श्रेष्ठलाई उम्मेदवार प्रशिक्षण तालिममा सहभागिताको लागि विदाई गरेको छ ।

सोमबार बुटवलमा हुन लागेको नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत उम्मेदवार प्रशिक्षण कार्यक्रमको लागि भाग लिन जान लागेका बागलुङ जेसीजका अध्यक्ष श्रेष्ठलाई एक समारोहबीच विदाई गरिएको बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेश महतोले नयाँ विश्वलाई बताउनु भयो ।

बुटवलमा मंसिर २६ र २७ गते उम्मेदवार प्रशिक्षण तालिम हुँदैछ । नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन बुटवल जेसीजको आतिथ्यतामा मंसिर २९ गतेदेखि पुषको २ गतेसम्म बुटवल बजारमा हुँदैछ ।

राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार सौरभ श्रेष्ठलाई विजयी गराउन बागलुङ जेसीजका पूर्वअध्यक्षहरुको नेतृत्वमा बुटवल जानको लागि व्यापक तयारी भइरहको बागलुङ जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्