२३ बैशाख २०८१, आईतवार

 

विवाईसीको ३२ औं साधारणसभा तथा १२ औं अधिवेशन सम्पन्न

बागलुङ । विवाईसी बागलुङको ३२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन शनिबार शुरु भएको छ । अधिवेशनको उद्घाटनपछि बोल्दै गैर सहकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदीले गैससलाई गणतन्त्र नआएको टिप्पणी गर्नुभएको छ ।

पुरानै ऐन तथा नियममा गैर सरकारी संस्थालाई सञ्चालन गर्न निकै कठिनाई भइरहेको बताउदै नयाँ कानुन आउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, काठेखोला गाउँपालिका उपाध्यक्ष तिकल थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, संस्थापक अध्यक्ष टिकाराम सापकोटा, पूर्वअध्यक्ष अमर थापा, सल्लाहाकार डिल्लिराज गौतम, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लालबहादुर थापा, संस्थापक उपाध्यक्ष महेन्द्र केसी, ठूलीदिदी कृष्ण थापा, गलकोट नगरपालिका–२ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, काठेखोला गाउँपालिका–२ का वडा अध्यक्ष विद्यापति शर्मा, पूर्वअध्यक्ष चन्द्रमणी उपाध्यक्ष, गैसस महासंघ बागलङका अध्यक्ष मुक्तिराम सापकोटा र भिएसोका प्रतिनिधि काम्जगाले मन्तव्य व्यक्त गर्नूभएको थियो ।

कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता, उपाध्यक्ष तोया गौतमको स्वागत तथा सचिव दिपक गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्