२४ बैशाख २०८१, सोमबार

 

लायन्स क्लबको दोस्रो जोन मिटिङ सम्पन्न

बागलुङ । लायन्स क्लब इन्टरनेसल डिष्ट्रिक ३२५ के नेपाल अन्तर्गत कलष्टर नं ९ रिजन १८ जोन ३८ को दोस्रो जोन मिटिङ सम्पन्न भएको छ । सोमबार बागलुङ बजारमा लायन्स क्लब अफ बागलुङ सिटीको आयोजनामा मिटिङ सम्पन्न भएको थियो ।

कार्यक्रममा जिएमए चिफ दुर्गा कुँवर, डिपार्टमेन्ट चिफ कविता बस्नेत, कलष्टर चिफ ताल बहादुर कुँवर, जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठ, लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष धना सुनार, लायन्स क्लब अफ बागलु«ङ ब्लुसिपका अध्यक्ष इन्द्र बहादुर थापा, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष सुनीता श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठको अध्यक्षता र लायन्स क्लब अफ बागलुङ सिटीका सचिव दुर्गा श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्