१६ बैशाख २०८१, आईतवार

 

नेपाल उद्योग व्यापार महासंघको दोस्रो साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा उर्जामन्त्री शक्ति बस्नेत, नेपाल उद्योग व्यापार महासंघका सल्लाहकार कृष्ण आचार्य, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मोहन बस्नेत, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष लंकु बहादुर केसी, एभरेष्ट कमर्श एण्ड इन्डिष्ट्रिका अध्यक्ष युवराज

बराल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, पूर्वमन्त्री टेकबहादुर बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ र नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उत्कृष्ठ कार्य गरेका जिल्ला र प्रदेश समितिलाई सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठको धन्यवाद र महासचिव खिम नारायण पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्