२३ बैशाख २०८१, आईतवार

 

रोटरी क्लब अफ त्रिपुरेश्वरद्वारा स्थापना दिवसमा करुणा विहारलाई ५१ हजारको खाद्यान्न सहयोग

काठमाडौं । रोटरी क्लब अफ त्रिपुरेश्वरको स्थापना दिवस र डिष्ट्रिक गर्भनर राजेन्द्र प्रसाद धोजुको अफिसियल भिडिट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा रोटरी क्लब अफ त्रिपुरेश्वरले गत छ महिना गरेको कार्यहरुको प्रगति समीक्षा तथा सुधार गर्नु पर्ने कामहरुको बारेमा छलफल भएको थियो ।

उक्त कार्यक्रममा रोटरी फाउण्डेसनमा आर्थिक सहयोग गर्ने समाजसेवीहरु राधा कुँवर, राजेन्द्र शाक्य, दिलबहादुर भुजेल, अमर शाक्य, आनन्द राजभण्डारी, लता शर्मा, सुनिल सन शाक्य र शर्मिला भुजेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा डिष्ट्रिक गर्भनर राजेन्द्र प्रसाद धोजु, संस्थापक अध्यक्ष सन्तोष शर्मा, अध्यक्ष सुनिल सन शाक्य, सहायक गभर्नर सुषमा शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम रोटरी क्लब अफ त्रिपुरेश्वरका अध्यक्ष सुनिल सन शाक्यको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा तीन जना नयाँ सदस्यहरु सिता न्यौपाने, संगीता श्रेष्ठ र अनिल महतोलाई सदस्यता प्रदान गरिएको थियो ।

स्थापना दिवसको.उपलक्ष्यमा मातातीर्थको करुणा विहारमा रहेका २८ जना बालबालिकाहरुलाई ५१ हजारको खाद्यान्न वितरण गरिएको थियो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रम रोटरी क्लब अफ त्रिपुरेश्वरका प्रथम महिला शोसिल वझा शाक्यको नेतृत्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्