२२ बैशाख २०८१, शनिबार

 

लायन्स क्लब अफ बागलुङ सिटिजनले संचालन गर्यो ओरेन्टेसन तालिम

बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटिजनले बागलुङ बजारमा शुक्रबार ओरेन्टेसन तथा अर्गनाइजनेसन ग्रोथ तालिम आयोजना गरेको छ ।

तालिमको सहजिकरण डिष्ट्रिक ३२५ के नेपालका रिर्पोटिक चिफ महेश्वर पौडेल र कलष्टर चिफ ताल बहादुर कुँवरले गर्नु भएको थियो । कार्यक्रममा रिर्पोटिक चिफ महेश्वर पौडेल, जिएमए चिफ दुर्गा कुँवर, लायन्स क्लब अफ बागलुङ सिटिजनका अध्यक्ष सविता ज्ञवालीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटिजनका अध्यक्ष सविता ज्ञवालीको अध्यक्षता, स्वागत डिष्ट्रिक चियर पर्सन अस्मिता गौतमले र संचालन सचिव सुप्रिया किसानले गर्नु भएको थियो ।

लायन्स क्लब अफ बागलुङ सिटिजनले स्थापना कालदेखि क्लबका सदस्यहरुको नेतृत्व विकास गर्न र शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस्