बागलुङ । प्रेस चौतारी नेपाल बागलुङले कृयाशील पत्रकारीता पुरस्कारबाट रेडियो सारथीका स्टेशन प्रमुख कमल पौडेल र कृयाशील युवा पत्रकारीता पुरस्कारबाट ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पुरस्कृत गरिएको हो ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सोमबार उहाँहरुलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गर्नु भएको हो ।
कार्यक्रमको अध्यक्षता प्रेस चौतारी नेपाल बागलुङ शाखाका अध्यक्ष सिर्जना पन्तले गर्नु भएको थियो ।



















































































































































































































