३ श्रावण २०८३, आईतवार

 

प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित १७ जनाले पाए सफाइ

बागलुङ । काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित १७ जनाले विशेष अदालतबाट सफाई पाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत विकसहित सव–इञ्जिनियर, लेखापाल र निर्माण कम्पनीका प्रतिनिधिसहित  जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत २०७९ असार १५ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

बिहीबार विशेष अदालतका न्यायधिशद्वय टेक नारायण कुवँर र मुरानीबाबु श्रेष्ठको संयुक्त इजलासले विकसहित १७ जनालाई सफाई दिएको हो ।

उनीहरुलाई गैरकानुनी लाभ तथा हानी पु¥याई गलत फाईदा उठाएको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरिएको थियो ।

साथै डुडियाघाटमा उपभोक्ता समितिका रन बहादुर थापा, टेक नारायण पुन, पार्वती थापा प्राविधिक सनोज उपाध्याय, प्राविधिक नवीन दास, एक्लेखेतघाटमा उपभोक्ता समितिका अमर बहादुर गुरुङ, गगन बहादुर कार्की, चेलीमाया थापा, प्राविधिक सनोज उपाध्याय तथा प्राविधिक नवीन थापाले सफाई पाएका छन् ।

आर्थिक वर्ष २०७५ र ०७६ को सडक मर्मत योजन र आर्थिक वर्ष २०७४ र ०७५ को डुडियाघाट तथा लामावगरघाटमा ह्युमपाइप कलभर्ट निर्माण, एक्लेखेतघाटमा ह्युम पाइप कलभर्ट निर्माण, ३ वटा योजनामा स्टिमेट अनुसार सामग्री प्रयोग नगरेको, झुट्टा बिल भरपाई बनाई दोहोरो मुल्याङ्कन गरी नापी किताब तयार गराई दोहोरो भुक्तानी लिई नेपाल सरकारलाई हानी पुराइएको आरोप लगाई परेका ३ वटै मुद्दामा सबैले सफाइ पाएको विशेष अदालतको विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विकसहित सव इञ्जिनियर नवीन थापा, असिस्टेन्ट सवइञ्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेल, श्री सेभेन स्टेट बिल्डर्स, बागलुङ्गका प्रोपाइटर दिपेन्द्र बहादुर खड्का, अर्गेजा निर्माण सेवाका प्रोपराइटर मसुमन अर्गेजा र सोही कन्स्ट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्स्ट्रक्सनका प्रोपाइटर टंक बहादुर कुवँर, खुसु निर्माण सेवाका सूर्य बहादुर भण्डारी, भण्डारी निर्माण सेवाका प्रोपराइटर गणेश बहादुर भण्डारी, सातविसे कन्सट्रक्सनका प्रोपाइटर मनोज खड्कासहित १० जनाको विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung