बागलुङ । दलित तथा महिला जन प्रतिनिधिहरुको बहुआयामिक नेतृत्व क्षमता विकासको लागि बागलुङ जिल्लाको जैमिनि नगरपालिकाको आयोजनामा नेतृत्व क्षमता बिकास तालिम सम्पन्न भयको छ।
क्षमता बिकासको लागि दिईएको तालिमको विषयहरुमा मानबको सामाजिक विकासमा दलित र महिलालाई विभेद हुनुको ऐतिहासिक कारण र वर्तमान अवस्था, दलित र महिलाहरुको समस्या, संबैधानिक र कानुनि अधिकार, समाबेशि अधिकार, योजना निर्माण प्रकृया र चरणहरु, स्थानीय तहको सरकारको जन प्रतिनिधिको भूमिका र नेतृत्व विकासको बारेमा अभिमुखिकरण प्रशिक्षण दिईएको थियो।
तालिमको समानमा बोल्दै जैमिनि नगर उप-प्रमुख हरिहर शर्माले मुलुकमा जनप्रतिनिधिहरुको योगदान भूमिका र भ्रष्ट्राचार रहित सुशासन सहितको नमुना नगर बनाउन एक भएर लागि पर्न आग्रह गर्नु भएको थियो।
शर्माले भौतिक विकास भन्दा मानबिय विकास, सुशासन जनप्रतिनिहरुमाथि जनता प्रति उतरदायि भएर भूमिका खेल्न आग्रह गर्दै सिकेको कुराहरु व्यवहारमा लागू गर्न आग्रह गर्नु भयो।
यसै गरि जैमिनि नगर कार्यकारी अधिकृत हरी बहादुर भुजेलले नगरको स्थानिय दलित र महिला प्रतिनिधिको क्षमता विकास अनुसार काम गर्न र आगामी दिनमा अझ व्यवस्थित क्षमता विकास तालिम गर्दै जाने बताउनु भयो।
तालिमको जन प्रतिनिधि शान्ता नेपाली, सुनिता परियार र लाल बहादुर परियार लगायतले तालिममा सिकेको ज्ञान लागू गर्ने, बाग्लुङ नगरपालिका र काठेखोला गाउपालिकालाई पनि सहभागी गराई घुलमिल गराएको र नया कुरा सिकायको तर अझै दलित र महिलामुखि तालिम लामो अवधिको भय व्यवहारिक हुने बताएका थिए।
तालिममा प्रशिक्षण एवं सहजिकरण मानव अधिकारर्की सीताराम थापा, पुर्व महिला विकास अधिकृत एवं अधिवक्ता लक्ष्मी जिसी कार्की, नगरका लेखा अधिकृत सूर्य बहादुर विक, बागलुङ जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले सहजिकरण गर्नु भएको थियो।
तालिमले नेतृत्व क्षमता विकासमा सहयोग पुगेको बताए। सहभागिले आगामि दिनमा लामो अवधिको विषयगत तालिमहरु दिएर जनप्रतिनिधि र वार्डको दलित महिला युवा अगुवाहरुको क्षमता विकास गर्ने रणनीति र योजना बनाई कार्यान्वयन गर्न आग्रह गरेका थिए।


















































































































































































































