१६ बैशाख २०८१, आईतवार

 

चिल्ड्रेन लाइफ कपको ट्रफी सार्वजनिक

बागलुङ । चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल बागलुङले तेस्रो संस्करणको चिल्ड्रेन लाइफ कप अन्तरको विद्यालयस्तरीय फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

आयोजक चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र सहआयोजक चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलले विजेता र उपविजेताको ट्रफी सार्वजनिक गरेको हो । ट्रफीको चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठले अनावरण गर्नुभएको थियो ।

ट्रफी सार्वजनिकपछि बोल्दै अध्यक्ष श्रेष्ठले विद्यालयहरु बिचको सम्बन्ध, सहकार्य र भाइचारालाई विकास र विस्तार गर्नको लागि विद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

उहाँले राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुरुवाती उद्गमस्थल विद्यालय भएकाले विद्यालय केन्द्रित प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो ।

फागुन १० गतेदेखि १३ गतेसम्म बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगितामा ९ विद्यालयका १० टिमको सहभागिता रहने भएको छ । प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (सेतो) र गुराँस विद्या सदनबिच हुने भएको प्रतियोगिता संयोजक जिवन रोका क्षेत्रीले बताउनुभयो ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ४४ हजार ४ सय ४४ रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक क्षेत्रीले बताउनुभयो ।

प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यान अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने भएको छ ।

चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलले विगत लामो समयदेखि फुटबल खेलको व्यवसायीक विकास गरि बागलुङलाई खेलबाट चिनाउनको लागि यस खेललाई प्रबद्र्धन गर्दै आएको प्रिन्सिपल नवराज श्रेष्ठलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्