२१ बैशाख २०८१, शुक्रबार

 

बागलुङमा रोट्रयाक्ट सप्ताह सुरु

बागलुङ । रोट्रयाक्ट क्लव अफ बागलुङले बुधबारदेखि रोट्रयाक्ट सप्ताह सुरु गरेको छ ।

आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन बागलुङ नगरपालिका वडा न। ४ मा रहेको वृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेको क्लवकी सचिव तारा केसीले बताइन् ।

क्लवको सहयोगमा वृद्धाश्रममा १० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा फलफूल वितरण गरिएको छ ।

रोट्रयाक्ट सप्ताह अन्तरगत दोस्रो दिन बिहीबार साइबर सेक्युरिटी तथा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम हुनेछ ।

तेस्रो दिन मैत्रीपूर्ण फूटसल, चौथो दिन हाइकिङ, पाँचौ दिन महिनावारी सचेतना, छैठौँ दिन ट्राफिक सचेतना तथा ट्राफिक बोर्ड व्यवस्थापन र सातौँ दिन रक्तदान सहित समापन गरिने सचिव केसीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्