१७ बैशाख २०८१, सोमबार

 

बागलुङ समाज बेल्जियमद्वारा क्यान्सर पीडित थापालाई आर्थिक सहयोग

बागलुङ समाज बेल्जियमले ‘ब्लड क्यान्सर’बाट पीडित बागलुङ नगरपालिका वडा नम्वर ११ रायडाँडाकी तारादेबि थापाको उपचारका लागि एक लाख ६८ हजार आर्थिक सहयोग गरेको छ। समाजका वरिष्ठ उपाध्यक्ष घर्म पाठकको नेतृत्वमा बेल्जियममा शंकलन भएको १ लाख ६८ हजार ९ सय २१ सहयोग गरिएको हो ।

बेल्जियमस्थित विभिन्न व्यक्तिहरुबाट संकलन गरेर थापालाई सहयोग पठाइएको बागलुङ समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्तले जानकारी दिनु भयो । प्रवासमा रहेका बागलुङवासीबाट संकलन भएको रकम पठाइएको र नेपालमा उपचार गराउन समस्यामा पुगेकाको जीवन बचाउने आफुहरुको कर्तव्य रहेको पन्तले बताउनु भयो । बेल्जियममा रहेका बागलुङवासीले समाज मार्फत समस्यामा परेकाहरुको उपचार तथा विभिन्न सामाजिक सेवामा सहयोग गर्दै आएका छन्।

रायडाँडा इकिनधारा निवासी डम्मर थापाको आर्थिक अवस्था कमजो भएकोले उपचारमा समस्या भएको छ । ‘ब्लड क्यान्सर’ जस्तो जटिल प्रकारको रोग लागेपछि थापाकी श्रीमति तारादेबिलाई  बिरेन्द्र सैनिक अस्पाताल छाउनी काठमाण्डौमा भर्ना गरिएको छ । उनको ब्लड ट्रान्फर लगायतका उपचार गर्नको लागि करिव ५० लाख खर्च लाग्ने चिकित्सकले बताए पनि घरको आर्थिक अवस्था दयनिय भएकाले सक्दो सहयोग गरि दिन आग्रह गरेका छन् ।

थापाको उपचारमा आफुलाई प्राप्त भएको ४ लाख ३८ हजार ४ सय ७६ वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको उपस्थितिमा थापाकी आमा तिल कुमारी थापालाई हस्तान्त्रण गरिएको तारादेवि थापा बचाउ अभियानका मिलन केसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्